विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु « Khabarhub

विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ ।

सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।

विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ ।

बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ५४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय