भारतबाट फर्किएका थिए कपिलवस्तुका तीन संक्रमित « Khabarhub

भारतबाट फर्किएका थिए कपिलवस्तुका तीन संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मायादेवी– २ अभिराव र –८ बिजुवाका १८ वर्षीय दुई तथा शुद्धोधन– ६ कर्माका १७ वर्षीय एक युवामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि मायादेवी र शुद्धोधनका दुई युवकमा संक्रमण देखिएको थियो । संक्रमित तीनै जना मुम्बईको फरकफरक कम्पनीमा काम गर्दै आएका थिए ।

फरक ठाउँमा काम गर्ने भए पनि नेपाल फर्किदा सँगै आएका थिए । समूहमा कोको थिए भन्ने कुरा अझै खुलेको छैन । शुद्धोधनका युवा सीधै भारतबाट मायादेवीको क्वारेन्टिनमा आएर बसेको वडाध्यक्ष विजयबहादुर यादवले बताए ।

ती युवकसँगै मायादेवी –ं ८ विजुवाका अर्का युवकसँगै आएको बताइएको छ । ती युवक घरमा परिवारसँग बसेर खाना खाएर क्वारेन्टिनमा गएको वडा नं ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए ।

अहिले परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा लैजाने र थप जानकारी लिने कार्य भइरहेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

तीनै जनाको स्वास्थ्यावस्था सामान्य रहेको मायादेवीका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलगायत पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा यदुचन्द्र घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली कपिलवस्तु पुगेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : १३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय