प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी | Khabarhub Khabarhub

प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश फिर्तीको माग गर्दै शुक्रबार सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका चार चिनियाँ नागरिकमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।

शुक्रबार प्रदर्शनका क्रममा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

पक्राउ परेका ४७ जनामध्ये ४२ जनालाई शुक्रवार राति नै छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिए ।

प्रहरीमाथि हातपात गरिएका कारण चार जनामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।

निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकलाई हटाउन खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरीको बर्दी तान्ने र हातपाता उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा भएको झडपमा परी केही चिनियाँ सहित प्रहरी अधिकारीसमेत घाइते भएका थिए ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : ४८ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय