लिपुलेकमा भारतले सडक बनाको विषयमा छलफल गर्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए « Khabarhub

लिपुलेकमा भारतले सडक बनाको विषयमा छलफल गर्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतले निर्माण गरेपछि संसदीय समितिहरुले चासो व्यक्त गरेका छन् ।

यस विषयमा छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक आह्वान गरेका छन् ।

दुवै समितिले आइतबार बिहान साढे ८ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारीलाई छलफलका लागि बोलाइएको छ । यसअघि आजै परराष्ट्रमन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले त्यसको विरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गर्दै घटनालाई दुखपूर्ण भनेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ५१ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय