विद्यार्थीहरुका लागि घर–घरमै पुगेर किताब वितरण « Khabarhub

विद्यार्थीहरुका लागि घर–घरमै पुगेर किताब वितरण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाई गाउँ तथा घर–घरमै पुगेर किताब वितरण गरिएको छ ।

वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घर–घरमै गएर शनिबारबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए ।

वडामा ८ विद्यालयमा ६ सय विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तकहरु किनेर गाडी लिइ गाउँ गाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैंले पुस्तक खरिद गरे पनि पछि सरकारले अनुदान दिएपछि शोधभर्ना गरिने रिसालले जानकारी दिए ।

भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएका रिसालले जानकारी दिए । १ देखि १० सम्म स्वत भर्ना गरिएको र ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्याङ्क ल्याएर भर्ना गरिएको थियो ।

त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि उनले जानकारी दिए । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ३४ बजे

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही