विद्यार्थीहरुका लागि घर–घरमै पुगेर किताब वितरण | Khabarhub Khabarhub

विद्यार्थीहरुका लागि घर–घरमै पुगेर किताब वितरण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाई गाउँ तथा घर–घरमै पुगेर किताब वितरण गरिएको छ ।

वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घर–घरमै गएर शनिबारबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए ।

वडामा ८ विद्यालयमा ६ सय विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तकहरु किनेर गाडी लिइ गाउँ गाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैंले पुस्तक खरिद गरे पनि पछि सरकारले अनुदान दिएपछि शोधभर्ना गरिने रिसालले जानकारी दिए ।

भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएका रिसालले जानकारी दिए । १ देखि १० सम्म स्वत भर्ना गरिएको र ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्याङ्क ल्याएर भर्ना गरिएको थियो ।

त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि उनले जानकारी दिए । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ३४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच