सेनाको हेलिकोप्टरमार्फत अछामबाट सुत्केरी महिलाको उद्धार | Khabarhub Khabarhub

सेनाको हेलिकोप्टरमार्फत अछामबाट सुत्केरी महिलाको उद्धार


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछामकी एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालञ्ज ल्याइएको छ ।

अत्याधिक रक्तश्राव भएपछि रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बाँकेको कोहलपुर मेडिकल अस्पतालमा ल्याइएको हो ।

२५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका खबर गरेलगत्तै मन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको हो ।

अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका दूर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

हालसम्म १०१ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाइकी प्रमुख अन्जु ढुंगानाले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : २२ बजे

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक