जर्ज फ्लोइड प्रकरण : हत्या आरोपितसँग १२.५ लाख डलर धरौटी माग « Khabarhub

जर्ज फ्लोइड प्रकरण : हत्या आरोपितसँग १२.५ लाख डलर धरौटी माग


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई  अमेरिकी अदालतले १२.५ लाख डलर धरौटी माग गरेको छ।

अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा उक्त रकम धरौटी माग गरेको बीबीसीले जनाएको छ ।

टेलिकन्फरेन्समार्फत्‌ सोमवार अदालतमा उपस्थित भएका शोभिनले भने कुनै प्रकारको आग्रह नगरेको बताइएको छ । १५ मिनेटको सुनुवाइमा  उनी हतकडी लगाइएको अवस्थामा बसिरहेका थिए।

न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए।

डेरेक शोभिनमाथि फ्लोइडको हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीलाई फ्लोइडको हत्यामा शोभिनको मतियार बनेको अभियोग छ ।

मे २५ मा भएको फ्लोइडको मृत्यु शोभिनले करिव ९ मिनेट घाँटी थिचेकै कारण भएको दाबी गरिएको छ । उक्त घटनापछि विश्वव्यापी प्रदर्शनहरू भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ३८ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु