कोरोना भाइरसले विश्वभर ७१ लाख ९३ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७१ लाख ९३ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ ।

३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।

२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ५४ बजे

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं