चन्द्रागिरि नगरपालिकामा अनलाइनमार्फत अध्यापन गराइने « Khabarhub

चन्द्रागिरि नगरपालिकामा अनलाइनमार्फत अध्यापन गराइने


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ ।

विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण दर नेपालमासमेत बढ्न थालेपछि काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।

अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ ।

‘शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ’, प्रवक्ता महर्जनले भने ।

चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन् ।

चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिकामा १५ वडा रहेका छन् । यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टाइन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ ।

सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ७ : ३७ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको