काठमाडौं – रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो ।
‘स्थानीय एक कृषकको फार्ममा काम गर्ने युवकले हत्या गरेको प्रारम्भिक सूचना आएपछि शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’ रुपन्देहीका एसपी हेम कुमार थापाले भने ।
प्रतिक्रिया