काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा पाँच जनाको कोदालो प्रहारबाट सामूहिक हत्या भएको खुलेको छ ।
स्थानीय गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति कोदालो प्रहार गरि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए ।
हत्या गरिएकामा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी गरि ४ पुरूष र एक महिला रहेको एसपी थापाले जानकारी दिए । मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् ।
हत्याको आशंकामा सुर्खेतका अन्दाजी ३२ वर्षीय झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया