हत्या गरेको आशङ्कामा नियन्त्रणमा « Khabarhub

हत्या गरेको आशङ्कामा नियन्त्रणमा


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् ।

घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए। उनी सोही फार्ममा कार्यरत रहेको बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा –९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको जानकारी दिए ।

उनका अनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए । मृतकमध्येका माधव र जानकी दम्पती हुन् । उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए ।

हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ०९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन