पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट « Khabarhub

पीसीआर जाँच गर्ने मेसिन किन्न नगरपालिकाले छुट्यायो बजेट


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिइन्। नगर प्रमुख दिपक विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको शाहले बताइन्।

बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताए।

भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको परीक्षणमा गर्न कठिनाइ भएकाले मेसिन खरिद गर्ने गरी उक्त रकम विनियोजन गरेको नगर प्रमुख शाहले बताए।

भारतबाट आएकाहरुको लामो समयसम्म पीसीआर रिपोर्ट नआउने भएकाले व्यवस्थापन गर्नका लागि मेसिन खरिद गर्न अन्य नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको नगर प्रमुख शाहको भनाइ छ।

पीसीआर जाँच मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो। नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। पीसीआर जाँचमा भएका ढिलाइका कारण कोरोना संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट एकसातामा पनि आएको छैन।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : २२ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास