ब्राजिलले २०२३ महिला विश्वकपको आयोजकबाट हात झिक्यो « Khabarhub

ब्राजिलले २०२३ महिला विश्वकपको आयोजकबाट हात झिक्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) ले देशमा आर्थिक मन्दी सुरु भएको भन्दै ब्राजिलले सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्न नसक्ने भन्दै नाम फिर्ता लिएको छ ।

फिफाले आर्थिक सहयता नगर्ने भनेपछि ब्राजिलले आयोजकबाट पछि हटेको हो। ब्राजिल फुटबल फेडेरेसनले विज्ञप्ति जारी गर्दै आर्थिक समस्याले गर्दा २०२३ को विश्वकप आयोजना गर्न नसक्ने स्पष्ट पारेको छ।

यद्यपी, ब्राजिलले अन्य देशले आयोजना गर्दा आफु सहयोग गर्न तयार रहेको बताएको छ। ब्राजिलपछि हटेपछि जापान, अस्ट्रेलिया र न्युजिल्याण्ड प्रतियोगिता आयोजनाको दौडमा छन् ।

जापान एक्लैले विश्वकप आयोजना गर्ने भन्दै प्रस्ताव गरेको छ भने अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्ने बताएका छन् भने ब्राजिलले कोलम्बियालाई आफुले साथ दिने बताएको छ।

दक्षिण अफ्रिकामा अहिलेसम्म विश्वकप आयोजना नभएकाले ब्राजिल कोलम्बियाको समर्थनमा रहेको बताइएको छ। महिला विश्वकपको आयोजकको टुङ्गो भने जुन २५ मा लाग्नेछ।

ब्राजिल फुटबल फेडेरेसनका अध्यक्ष जाइर बोल्सोनारोले फिफाले आर्थिक सहायताको निश्चित नगरेको हुँदा समस्या भएको भन्दै भनेको छन्, ‘कोभिड १९ ले गर्दा आर्थिक मन्दी चलिरहेको छ।’

सरकारले लगानी गर्न नसक्ने र स्थानीय प्रायोजकले निश्चित नगरेका कारण आयोजनाबाट हात झिक्नु परेको ब्राजिल फुटबल फेडेरेसनले बताएको छ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ५४ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट