ब्राजिलले २०२३ महिला विश्वकपको आयोजकबाट हात झिक्यो « Khabarhub

ब्राजिलले २०२३ महिला विश्वकपको आयोजकबाट हात झिक्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) ले देशमा आर्थिक मन्दी सुरु भएको भन्दै ब्राजिलले सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्न नसक्ने भन्दै नाम फिर्ता लिएको छ ।

फिफाले आर्थिक सहयता नगर्ने भनेपछि ब्राजिलले आयोजकबाट पछि हटेको हो। ब्राजिल फुटबल फेडेरेसनले विज्ञप्ति जारी गर्दै आर्थिक समस्याले गर्दा २०२३ को विश्वकप आयोजना गर्न नसक्ने स्पष्ट पारेको छ।

यद्यपी, ब्राजिलले अन्य देशले आयोजना गर्दा आफु सहयोग गर्न तयार रहेको बताएको छ। ब्राजिलपछि हटेपछि जापान, अस्ट्रेलिया र न्युजिल्याण्ड प्रतियोगिता आयोजनाको दौडमा छन् ।

जापान एक्लैले विश्वकप आयोजना गर्ने भन्दै प्रस्ताव गरेको छ भने अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्ने बताएका छन् भने ब्राजिलले कोलम्बियालाई आफुले साथ दिने बताएको छ।

दक्षिण अफ्रिकामा अहिलेसम्म विश्वकप आयोजना नभएकाले ब्राजिल कोलम्बियाको समर्थनमा रहेको बताइएको छ। महिला विश्वकपको आयोजकको टुङ्गो भने जुन २५ मा लाग्नेछ।

ब्राजिल फुटबल फेडेरेसनका अध्यक्ष जाइर बोल्सोनारोले फिफाले आर्थिक सहायताको निश्चित नगरेको हुँदा समस्या भएको भन्दै भनेको छन्, ‘कोभिड १९ ले गर्दा आर्थिक मन्दी चलिरहेको छ।’

सरकारले लगानी गर्न नसक्ने र स्थानीय प्रायोजकले निश्चित नगरेका कारण आयोजनाबाट हात झिक्नु परेको ब्राजिल फुटबल फेडेरेसनले बताएको छ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ५४ बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको