कोरोना नियन्त्रणको माग गर्दै बालुवाटारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप (भिडियोसहित) « Khabarhub

कोरोना नियन्त्रणको माग गर्दै बालुवाटारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप (भिडियोसहित)


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ। मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले नाराबाजी गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए। उनले भने, ‘प्रतिबन्धित क्षेत्रमा नाराबाजी समेत भयो त्यसपछि पानीको फोहोराले हानिएको हो।’

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन्। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।

उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन्।

हेरौं भिडियो

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १ : ३३ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी