नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषको पोजेटिभ देखिएको छ । यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा इलामका एक जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष र सप्तरीका ६ जना रहेका छन् । सप्तरीका ६ जना मध्ये ५ जना पुरुष र एकजना महिला संक्रमति रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा ३० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये २४ जना चितवनका ४ जना महिला र २० जना पुरुष, नवलपुरका ३ जना मध्येएकजना महिला र २ जना पुरुष, धादिङकी एकजना महिला, कपिलवस्तुकी एकजना महिला र सप्तरीकी एकजना महिला रहेकी छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये म्याग्दीका एकजना, नवलपुरका १२ जना पुरुष र बाग्लुङका ११ जना पुरुषहरु रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा ४१ जनाको पोजेटिभ दखिएको छ । उनीहरु मध्ये धनुषाका २ जना महिला र १९ जना पुरुष गरी २१ जना रहेका छन् । यस्तै महोत्तरीका एकजना महिला र १८ जना पुरक्ष गरी १९ जना र सर्लाहीका एकजना पुरुष रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै दाङका पुरुषहरु रहेका छन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये बाँकेका २ जना महिला र ७ जना पुरुष रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये एकजना पुरुष र एकजना महिला छन् ।

यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छी रोग अन्वेशण प्रयोगशालमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरु सल्यानका १२ र सुर्खेतका ४ जना छन् ।

यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।उनीहरु दार्चुलाका १० जना पुरुष, कन्चनपुरका १९ जना, डडेल्धुराका ७ जना र कैलालीका एकजना रहेका छन् ।

यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा २२ जनाको पोजेटिभ देखिएहो स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  ।उनीहरु मध्ये रुपन्देहीका २० जना पुरुष र कपिलवस्तुका २ जना पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु मध्ये २४ जना धनुषा, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ जना र सिराहाका १२ जना रहेका छन् ।

डा गौतमका अनुसार इलाममा पनि संक्रमित भेटिएसँगै हालसम्म नेपालका ७२ जिल्लामा कोरोना भाइसरसको संक्रमण फैलिएको छ ।

कोरोनाका कारण हालसम्म १५ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १५ पुगेको हो ।

चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या सममेत रहेको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र स्याङ्जाका ५८ वर्षीय पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

५८४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

जनकपुरमा आज कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३० रहेको छ । उनीहरु धनुषाका ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।

यसैगरी बलम्बु अस्पताल काठमाडौंबाट थप १ जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी बाँकेमा थप २२ जना पुरुषले कोरोना संक्रमण जितेका छन् । त्यस्तै रात्ती आइसोलेशनबाट बाँकेका ७ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

प्रवक्ता गौतमका अनुसार धरानबाट झापाका २८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै, दाङबाट बर्दियाका ४ जना पुरुष डिस्चार्ज भएका छन् । र दैलेखमा एक जना महिलाले कोरोना संक्रमण जितेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : २२ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट