सीमा विवादका विषयमा भारतले वार्ता गर्न चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

सीमा विवादका विषयमा भारतले वार्ता गर्न चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक वार्तामा बस्न आग्रह गर्दा पनि भारत तयार नहुनुलाई आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिँदै भारतले नचाहिरहेको जानकारी गराए ।

“वार्ताका लागि निरन्तर ताकेता गरिरहेका छौं। वार्ता बाहेकको अर्को विकल्प छैन। हामीले सुगौली सन्धिबाट कायम भएको भूमि दाबी गरेका छौं” उनले भने “लद्दाखमा भारत धकेलाधकेल पन्छाएर वार्तामा बस्ने तर नेपालको हकमा भने वार्तामा बस्न नचाहनुले हामीलाई पनि आश्चर्यमा पारेको छ ।”

मन्त्री ज्ञवालीले गत २ नोभेम्बरान सार्वजनिक गरेको नक्सा भारतले स्वीकार गरे पुग्ने उल्लेख गर्दै नेपालले अतिरिक्त आकांक्षा नखोजेको बताए । “छिटो गरौं भन्ने ताकेता गरिरहेका छौं, हामीले अतिरिक्त भौगोलिक आकांक्षा खोजेका छैनौं,” उनले भने ।

सांसदहरूले प्रश्न राख्ने क्रममा बोलेका कतिपय शब्दमा ख्याल गर्न आग्रह गर्दै मन्त्री ज्ञवालीले नक्साबारे टिप्पणी गर्दा आफ्नै मर्यादा बिर्सन नहुने सुझाव सांसदहरूलाई दिए ।

मन्त्री ज्ञवालीले कांग्रेस सांसद प्रदीप गिरीले नक्सा सार्वजनिकलाई ‘नक्साअस्त्र’ भनि प्रयोग गरेको शब्दमा समेत आपत्ति जनाए । उनले अस्त्रको मतलब लडाइंका लागि प्रयोग हुने हतियार हुने भन्दै नेपाले त्यस्तो कुनै अस्त्र प्रयोग गर्नुपर्ने अवस्थाको पक्षमा नरहेको व्याख्या गरे ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : ०० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ