८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ « Khabarhub

८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान पौने ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।

साहलाई प्रहरीले गौर नगरपालिका ४ बाट पक्राउ गरेको हो।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो ।

‘झोलामा पैसा हालेको रहेछ। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरेको थियो,’ रौतहटका डिएसपी भरत श्रेष्ठले भने, ‘भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।’

साहले उक्त रकमको स्रोत भने नखुलाएको उनले बताए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै