काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने « Khabarhub

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि काठमाडौंमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने भएको छ ।  

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उदेश्यका साथ चैत्र १९ देखि २३ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गरिएको जनाएको हो ।

एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरू व्यवसायीक स्टल, सूचनामूलक स्टल, प्रतिस्पर्धा स्टललगायत गरी ६५ वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

एक्स्पोमा सात सय भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्री वितरणका लागि राखिने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए ।

त्यस्तै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ बिजन, गमला, औजार उपकरण तथा प्रविधिहरू समेत प्रदर्शनी हुने उनले बताए ।

यसैगरी, उक्त एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ । संघका अनुसार यस वर्ष करिब ५१ हजार अवलोकनकर्ताहरूद्वमरा अवलोकन हुने तथा १ करोड ५० लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । हाल नर्सरी क्षेत्रमा ११ दशमलव ८३ अर्बको लगानी रहेको र वार्षिक ६ दशमलव ४३ अर्बको आर्थिक कारोबार रहेको समेत संघले जानकारी दिएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ३५ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ