आउजी आत्मदाह घटनाको छानबिन गर्न माग | Khabarhub Khabarhub

आउजी आत्मदाह घटनाको छानबिन गर्न माग


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभा सदस्यले अछाम बयलपाटा अस्पतालका एक कर्मचारीले गरेको आत्मदाह घटनाको छानबिन गरी दोषीलाई कारवाही गरेका छन् ।

उनीहरुले मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सदन र सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले कोरोना भाइरसको सङ्कटको समयमा सबै क्षेत्र अस्तव्यस्त भइरहँदा बयलपाटा अस्पतालमा नोकरीबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

उनीहरुले अस्पतालबाट निकालिएका सबै कर्मचारीलाई पुनरबहालीको पहल गर्न माग गरे । अस्पतालबाट अवकाश दिइएका कर्मचारी आउजीले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकामा नेपालगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

प्रदेशसभा सदस्यले कोभिड—१९ को सङ्क्रमण डरलाग्दो ढङ्गले फैलिँदासम्म सरकारको काम गर्ने तरिका कमजोर भएको टिप्पणी गर्दै रोगको रोकथामका लागि शङ्कास्पद व्यक्तिको आरडिटी परीक्षण रोकेर पीसीआर परीक्षणको दायरा बढाउन र क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन, धान खेती गर्ने समय प्रदेशमा देखिएको रासायनिक मलको अभावको आपूर्ति गरी कृषकलाई उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराए ।

शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हर्कबहादुर कुँवर, अक्कलबहादुर रावल, अमरबहादुर साउद, कुन्ती जोशी, गेल्बुसिंह बोहरा, दुर्गाकुमारी कामी, नन्दबहादुर साउद र नेपालु चौधरीले भाग लिएका थिए ।

यसैगरी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, गोविन्दराज बोहरा, डिल्लीराज पन्त र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले पनि भाग लिएका थिए ।

बैठकमा समाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ११ : ०४ बजे

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली