विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित,  ५ हजार ५१८ को मृत्यु | Khabarhub Khabarhub

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित,  ५ हजार ५१८ को मृत्यु


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ ।

विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ७० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ५० जनाको मृत्यु भएको छ ।

२५ लाख १८ हजार ५०७ जना संक्रमित भएकोमा १४ लाख ६५ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७९ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख ९३ हजार ४९९ पुगेको छ । त्यसमध्ये १६ लाख ८७ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६५ हजार ५१६ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार ७८५ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९८ हजार ५६४ जनाको मृत्यु भएको छ । २६ लाख ७० हजार ६०५ जना संक्रमित भएकोमा १७ लाख ३३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार २७० जनाको ज्यान गएको छ भने ५ लाख २५ हजार ८९२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ५५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५२८ जना संक्रमित भएकोमा ९ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ०१ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका