अरनिको राजमार्ग अवरूद्ध हुँदा बाह्रबिसे पहिरोमा वेपत्ता भएकाको उद्धारमा ढिलाई « Khabarhub

अरनिको राजमार्ग अवरूद्ध हुँदा बाह्रबिसे पहिरोमा वेपत्ता भएकाको उद्धारमा ढिलाई


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – भोटेकोशी बाढीले अरनिको राजमार्ग नै अवरूद्ध गरेपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले बेपत्ता भएकाको उद्धारमा ढिलाई भएको छ ।

बाह्रविसे नगरपालिका प्रवेश गर्ने ठाउँ मै राजमार्ग पहिरोले कटान गरेपछि जुरेदेखि अघि बढ्न सक्ने अवस्था नरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

भीषण वर्षासँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका वडा नम्बर ३, ५ र ८ का विभिन्न स्थानमा गएराति बाढी पहिरोले क्षति पुर्‍याएको उनले बताए।

पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न स्थानमा गरि १८ जना बेपत्ता र २ जनाको शव फेला परेको तथा ४ जना घाइते भएको मेयर शेर्पाले बताए।

घाइते नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको तयारी भएको उनले बताए ।

‘क्षतिको एकिन विवरण अहिले नै दिन सक्ने अवस्था छैन, अहिले हामी उद्धारमा जुटेका छौँ,’ शेर्पाले खबरहवसँग भने ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : २८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर