यी ६ लक्षण देखिए तत्काल जाँच गराउनुहोस्, मधुमेह हुनसक्छ « Khabarhub

यी ६ लक्षण देखिए तत्काल जाँच गराउनुहोस्, मधुमेह हुनसक्छ


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलत खानपान र जीवनशैलीका कारण दिनानुदिन विश्वभर डायबेटिज अर्थात मधुमेहका बिरामीको संख्या बढ्दो क्रममा छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष मधुमेहका बिरामीको संख्या बढिरहेको छ ।

मधुमेह एक प्राणघातक रोग हो । यसका टाइप १, टाइप २ र गेष्टेशनल गरी तीन प्रकार हुने गर्दछ ।

टाइप १ र टाइप २ मधुमेह प्राणघातक हो भने गेष्टेशनल मधुमेह गर्भावस्थाका बेला भएर बच्चा जन्मिएपछि हराएर जान्छ ।

जुन व्यक्तिलाई मधुमेह हुने अधिक संभावना हुन्छ ति व्यक्तिमा पहिलेदेखि नै मधुमेहका लक्षणहरु देखिने गर्दछन् । तर यसबारे जानकारी नहुदाँ वा बेवास्ता गरेका कारण मधुमेहका लक्षणबारे थाहा पाउन सकिदैन ।

मधुमेहका लक्षणहरु

१. बढि पिसाब लाग्नु

मधुमेहको संकेतका रुपमा चाहिने भन्दा धेरै पिसाब लाग्दछ । धेरै पटक पिसाब फेर्दा त्यसले ब्लडस्ट्रीममा रहेको सुगर शरीरबाट बाहिर जान्छ । तसर्थ धेरैपटक पिसाब लागिरहेको छ भने तुरुन्त परीक्षण गराउनु पर्दछ ।

२. पर्याप्त सुत्दा पनि निन्द्रा नपुग्नु

पर्याप्त सुत्दा समेत यदि राम्रोसँग निन्द्रा नपुगे झै हुन्छ वा थकान महसुस हुन्छ भने यो पनि मधुमेहको संकेतका रुपमा बुझ्नु पर्दछ ।

मधुमेहमा शरीरमा कार्बोहाइड्रेट सही तवरबाट फैलन सक्दैन । जसले खानाबाट पाइने शक्ति शरीरमा फैलन पाउदैन र शक्ति मिल्न नसक्दा शरीरमा थकान महसुस हुन्छ ।

३. बढि भोक लाग्नु
यहि चाहिने भन्दा धेरै भोक लागिरहन्छ भने यो पनि मधुमेहको लक्षण हुन सक्छ । इन्सुलिन प्रोडक्सनमा बाधा पुग्ने भएका कारण शरीरमा रहेको सुगर फैलन पाउँदैन जसको कारणले धेरै भोक लाग्ने गर्दछ ।

४. बिना कारण तौल कम हुनु
बिना कुनै डाइटिङ वा शारीरिक ब्यायाम यदि कसैको शरीरको तौल एकाएक कम हुदैं गयो भने पनि यो मधुमेहको लक्षण हुनसक्छ । यदि तौल एकाएक घट्यो भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

५. आखाँ कम देख्नु
मधुमेहको लक्षण मध्ये एक हो, आखाँ कम देख्नु । यदि कसैको आखाँको ज्योति कम भयो, मधुरो वा कम देखिन थाल्यो भने यो पनि मधुमेहको लक्षण हुनसक्छ । यदि यस्तो भएमा मधुमेहको परीक्षण गराइ हाल्नु पर्दछ ।

६. चोट/घाउ चाडैँ निको नहुनु
कुनै पनि मानिसको शरीरमा लागेको घाउ वा चोट चाडैं निको हुदैन भने यो पनि मधुमेहको संकेत हुनसक्छ । तसर्थ शरीरमा लागेको चोट निको हुन धेरै समय लागीरहेको छ भने तुरुन्त मधुमेहको परीक्षण गराउनु पर्दछ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ९ : ३९ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२