सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्ड र डा.भट्टराईद्वारा दुःख व्यक्त « Khabarhub

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्ड र डा.भट्टराईद्वारा दुःख व्यक्त


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्।

​गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्।

दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा आग्रह गरेका छन्।

नेकपा अध्यक्ष प्रचण्डले फेसबुकमा यस्तो लेखेका छन्-

यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सिन्धुपाल्चोकमा बाढीबाट भएको क्षतिलाई लिएर दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला शुरूहुनु ज्यादै दुखद छ । पहाडका भीरपाखामा मनपरी सडक लाने हैन त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने हो ! सडक/पानी/बिजुली/शिक्षा/स्वास्थ्य/बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्ती प्रणाली विकास गरौं !’

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : १७ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण