इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार « Khabarhub

इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्की प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ ।

इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले सामाजिक सञ्जालबाट इस्लामिक स्टेटका बारेमा संगठनात्मक जानकारीहरु प्रवाह गरेका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुका साथबाट पिस्तोल र वायरलेस संचार साधन पनि बरामद गरेको जनाएको छ । प्रहरीले पछिल्ला दिनहरुमा इस्तानबुलमा इस्लामिक स्टेटका लडाकू लुकेर बसेका सम्भावित ठाउँमा निरन्तर छापा मारिरहेको छ ।

गत साता विदेशी सहित १७ जना शंकास्पद व्यक्ति गिरफ्तार भएका थिए । यी व्यक्तिको आइएस समूहसँग आबद्धता रहेको आशंका गरिएको थियो । टर्कीमा केही वर्षदेखि भइरहेका घातक आक्रमणमा आइएस समूहको संलग्नता रहेको पुष्टि भएका थिए । यी घटनामा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ०० बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक