यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका पाँच जिल्ला  « Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका पाँच जिल्ला 


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

नेपालका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टायता नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। यीमध्ये हालसम्म ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्।

बुधबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : २९ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार