शेयर बजार : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

शेयर बजार : नेप्सेमा झिनो अंकको वृद्धि


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १९७ मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार र बैंकिङ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.३७ र व्यापार १८.५४ ले घटेका छन् । यस्तै होटल १२.१८, विकास बैंक ५.२४, जलविद्युत् ४.८२, वित्त ४.८३, निर्जीवन बीमा ३९.५१, उत्पादन ३५.३, अन्य ६.८७, लघुवित्त ९.६१, जीवन बीमा ६८.३३ र सामूहिक लगानी कोष ०.२८ ले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड १८ लाख ४५ हजार ८३० बराबरको कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ४८ लाख एक हजार २७३, छिमेक लघुवित्त वित्तीय संस्था रु छ करोड ४१ लाख ६३ हजार ७७७, एनआईसी एशिया रु तीन करोड ४८ लाख २८ हजार ५९७, एनएमबी बैंक रु दुई करोड ७७ लाख ६० हजार ६०७, हिमालयन डिस्टिलरी रु दुई करोड ४२ लाख ४३ हजार ८६६ र नबिल बैंकको रु दुई करोड २२ लाख ७९ हजार १०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सूर्योदय लघुवित्त ९.९९, एनआईसी एशिया लघुवित्त ९.९७, वोमी माइक्रोफाइनान्स ९.९०, गुह्यश्वरी मर्चेन्ट बैंक रु ७.२६, एनएमबी माइक्रोफाइनान्स ६.३३, तिनाउ विकास बैंक ६.११ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ५.९४ प्रतिशतले कमाए ।

त्यस्तै, ग्लोबल आईएमई समुन्नत स्किम एक ३.८५, नेशनल हाइड्रो पावर ३.७०, रिडी हाइड्रोपावर ३.४९, सबैको लघुवित्त ३.४२, गुराँस लघुवित्त २.५८, कालिका मर्चेन्ट डेभलपमेन्ट बैंक २.५० र साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले २.१४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : ५३ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि