सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति राष्ट्रपतिबाट दुःख व्यक्त « Khabarhub

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति राष्ट्रपतिबाट दुःख व्यक्त


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छिन् ।

आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्‍याएकामा दुःख व्यक्त गरेकी हुन् । उनले  पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरकी छिन् ।

गएराति भोटेकोसी लगायतका खेलामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा ठूलो क्षति पुर्‍याएको छ ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै मानिस बेपत्ता भएकाहरुको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : २० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर