अस्ट्रेलियामा आर्थिक घोटाला गर्ने एक नेपालीलाई १८ महिना जेल « Khabarhub

अस्ट्रेलियामा आर्थिक घोटाला गर्ने एक नेपालीलाई १८ महिना जेल


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नीः अस्ट्रेलियामा आर्थिक घोटला गर्ने एक नेपालीलाई १८ महिनाको जेल सजाय हुने भएको छ ।

वृद्ध व्यक्तिहरुको २० हजार अस्ट्रेलियन डलर घोटाला गरेको आरोपमा उनलाई १८ महिनाको जेल सजाय सुनाइएको हो ।

भारतीय कल सेण्टरमा काम गर्ने ती नेपालीले वृद्धहरु बस्ने गृहलाई लक्षित गरी १८ हजार ५०० डलर घोटाला गरेको अस्ट्रेलियाली मिडियाले जनाएका छन् ।

उनीहरुको क्रेडिट कार्ड अनैतिक रुपमा प्रयोग भएको र सहयोग गर्न आएको भन्दै क्रेडिट कार्डको लिएर घोटाला गर्ने गरेको आरोपमा सजाय सुनाइएको हो ।

९ न्यूजका अनुसार उनले संकलन गरेको क्रेडिट कार्डबाट पैसा निकाल्ने गरेका थिए । उनले केही पैसा विदेशमा समेत पठाएको समाचारमा उल्लेख छ ।

एक ८६ वर्षका वृद्धको क्रेडिट कार्डबाट सबैभन्दा बढी ५ हजार डलर निकालेका थिए । उनीसहित अन्य चार जनाको क्रेडिट कार्ड २१ पटक प्रयोग गरी जम्मा १८ हजार ५०० डलर रुपैया घोटाला गरेको खुलासा भएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ४४ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान