एसिया कप एक वर्षका लागि स्थगित, अब श्रीलंकाले आयोजना गर्ने « Khabarhub

एसिया कप एक वर्षका लागि स्थगित, अब श्रीलंकाले आयोजना गर्ने


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) का कारण एसीसी एसिया कप २०२० तत्कालका लागि रोकिएको छ ।

बिहीबार एसियन क्रिकेट काउन्सिल (एसीसी) कार्यकारी बोर्ड बैठकले यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिने निस्कर्ष निकाल्दै तत्कालका लागि आयोजना रोक्ने निर्णय गरेको हो ।

एसीसीले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ । एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

अब २०२१ को जुनमा एसिया कप भए श्रीलंकाले आयोजना गर्नेछ । यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।

योसँगै एसिया कप आयोजनाको जिम्मा पाएको पाकिस्तानले २०२१ मा एसिया कप आयोजना नगर्ने भएको छ ।

पाकिस्तानले श्रीलंकालाई आयोजकको अधिकार सुम्पिएको एसीसीको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ११ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल