च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सीको लज्जास्पद हार, बार्यन क्वाटरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सीको लज्जास्पद हार, बार्यन क्वाटरफाइनलमा प्रवेश


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग इंग्लिस क्लव चेल्सीले लज्जास्पद हार बेहोरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जीत निकाल्दै बायर्नले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बायर्नले पहिलो लेगमा ३–० को सहज जीत निकालेको थियो । बायर्नको फराकिलो जीतमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।

बार्यनले अब क्वाटरफाइनलमा पाँच पटकको युरोपियन च्याम्पियन स्पेनिस फुटबल महारथी बार्सिलोनासँग खेल्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ४१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल