सोलुखुम्बुको चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम « Khabarhub

सोलुखुम्बुको चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ।

चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

‘अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो। पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, मेयर शेर्पाले खबरहबसँग भने ।

तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।

पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुनसक्ने उनको बताए।

‘आज मसहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ । हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने ।

चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ। सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ३९ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका