नेकपाका तीनवटै गुटका सांसद्हरूको आज संयुक्त पत्रकार सम्मेलन   « Khabarhub

नेकपाका तीनवटै गुटका सांसद्हरूको आज संयुक्त पत्रकार सम्मेलन  


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पार्टी विभाजको संघारमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीनवटै गुट (ओली-दाहाल-नेपाल)का सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले उक्त पत्रकार सम्मेलनसँगै एकताका पक्षमा रहेका सांसद्हरूको हस्ताक्षरसमेत सार्वजनिक गर्ने र नेतृत्वलाई बुझाउने तयारी भएको ओलीनिकट सांसद् विशाल भट्टराईले जानकारी दिए ।

पार्टीमा विभाजनको खतरा बढेपछि तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलन गरेका थिए। ७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे नेकपाको संसदीय दलको कार्यालयमा हुने पत्रकार सम्मेलनमा सार्वजनिक भट्टराईले बताए । प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टीको एक नम्बर अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उनीइतरको समूहले उठाएपछि नेकपामा विवाद चर्केको छ । विवादकै कारण नेकपाको असार १० मा सुरू भएको स्थायी कमिटी बैठक भाँडिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ३४ बजे

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक

सोमालियाको गृहयुद्ध र भूमिगत यौन व्यापार

सोमालियामा भएको गृह युद्धका कारण धेरैको जीवनमा खतरा आएको छ।

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

कास्की – पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट

एक महिनासम्म चल्ने रमजान आजदेखि

विराटनगर – ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज सुरु हुँदैछ

प्रभु साहको आम जनता पार्टीसँग माओवादी समाजवादीको एकीकरण हुने

काठमाडौँ – प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल