नेकपाका तीनवटै गुटका सांसद्हरूको आज संयुक्त पत्रकार सम्मेलन   « Khabarhub

नेकपाका तीनवटै गुटका सांसद्हरूको आज संयुक्त पत्रकार सम्मेलन  


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पार्टी विभाजको संघारमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीनवटै गुट (ओली-दाहाल-नेपाल)का सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले उक्त पत्रकार सम्मेलनसँगै एकताका पक्षमा रहेका सांसद्हरूको हस्ताक्षरसमेत सार्वजनिक गर्ने र नेतृत्वलाई बुझाउने तयारी भएको ओलीनिकट सांसद् विशाल भट्टराईले जानकारी दिए ।

पार्टीमा विभाजनको खतरा बढेपछि तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलन गरेका थिए। ७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे नेकपाको संसदीय दलको कार्यालयमा हुने पत्रकार सम्मेलनमा सार्वजनिक भट्टराईले बताए । प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टीको एक नम्बर अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उनीइतरको समूहले उठाएपछि नेकपामा विवाद चर्केको छ । विवादकै कारण नेकपाको असार १० मा सुरू भएको स्थायी कमिटी बैठक भाँडिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ३४ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२