सावित्रीको ‘छमछम काँचको चुरा’ सार्वजनिक | Khabarhub Khabarhub

सावित्रीको ‘छमछम काँचको चुरा’ सार्वजनिक


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका सावित्री गिरीको ‘छमछम काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ । दर्जनौं गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याएकी हुन् ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ छन् । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोकोे वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गरिन् । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताइन् । चेलीका दुःखसुखलगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उनले बताइन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ११ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका