किसानको तोरी सहकारीले किन्ने « Khabarhub

किसानको तोरी सहकारीले किन्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ ।

सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा शर्माले बताइन । संस्थाले तोरी तेल उद्योग नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

उनका अनुसार संस्थाले मेचीनगरका–९ देखि १५ सम्मका सबै तोरी किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने छ । यो अनुदान मल र बीउ किन्नका लागि दिइएको हो । मेचीनगर–१० स्थित सहकारीले स्थापनाकालदेखि नै तोरीको शुद्ध तेल आफैँले उत्पादन गरी सदस्यलाई सहुलियतमा बिक्री गर्दै आएको छ ।

विगत वर्षदेखि संस्थाले भाडामा जग्गा लिई तोरी खेतीसमेत गर्दै आएको छ । आव २०७६/०७७ मा रु एक करोड ४४ लाखको कारोवार गरेको संस्थाले यस वर्ष १२ बिघा जग्गा भाडामा लिएर आफैँ तोरी खेती गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ४३ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका