आज थपिए ३८० कोरोना संक्रमित, ४० डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ३८० कोरोना संक्रमित, ४० डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ । क्वारेन्टाइनमा रहेकाहरुको संख्या ११ हजार ३८ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सिराहाका ४ जना, मोरङका २८ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना सुनसरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको धनुषाका ३५ जना, महोत्तरीका १५, रौतहटका एकजना, सप्तरीका २ जना, सर्लाहीका २ र सिन्धुलीका एकजना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना, सर्लाहीका एकजना, पर्साका ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजना र नुवाकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एकजना, काठमाडौंका १८ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ७ जना र नवलपरासी पूर्वका एकजना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाराका एकजना, रामेछापका एकजना, सिन्धुपाल्चोकका एकजना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा धादिङक एकजना, काठमाडौंका एकजना, नवलपरासी पूर्वका एकजना र पर्साका २ जना, विरेन्द्र सैनीक अस्पतालमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पाल्पाका एकजना, नलवपरासी पूर्वका एकजना, कपिलवस्तुका ६ जना, रुपन्देहीका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २१ जना, बर्दियाका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासी पूर्वका एकजना, रुपन्देहीका ५ जनामा कोरोना पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका २ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका ४ जना, कालिकोटका २ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका एकजना, डडेल्धुराका ३ जना र डोटीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ५२ बजे

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक

अपर मुस्ताङमा बाढीले बगाइदियो चलचित्र ‘एक्लो’ को ४० लाखको सेट

काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति

एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं– एएफसी यू-२० एसियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको काम र कर्मचारीको व्यवहारलाई

नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बाँके– नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १०