नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि, पौडेल आइसोलेसनमा « Khabarhub

नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि, पौडेल आइसोलेसनमा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ)मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको छ ।
पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना भएका छन् । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए। अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०५ बजे

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु

हनोई– भियतनामको सबैभन्दा महत्वपूर्ण राजनीतिक मञ्च, सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट

नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’