लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा « Khabarhub

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन् । २०७९ सालको निर्वाचनमा रूपन्देही क्षेत्र नं ४ ९१० मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा पत्र बुझाएको उनले जानकारी दिए ।

राजीनामा दिएका बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिए । 

‘पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु’ उनले भने।
 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ५२ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष