नेपालमा पनि कोरोनाका गम्भीर बिरामीमा ‘रेम्डेसिभिर’ औषधिको प्रयोग « Khabarhub

नेपालमा पनि कोरोनाका गम्भीर बिरामीमा ‘रेम्डेसिभिर’ औषधिको प्रयोग


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोनाका गम्भीर बिरामीको उपचारमा रेम्डेसिभिर एन्टिभाइरल अनुसन्धानका लागि प्रयोग शुरु गरेको जनाएको छ ।

सवस्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर औषधि नेपालमा परीक्षण गरी उपचारलाई सहजीकरण गर्ने जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधी व्यवस्था विभागले सो औषधीको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

‘औषधि व्यवस्था विभाग र राष्ट्रिय अनुसन्धान परिषद्ले कोभिड-१९ को उपचारका लागि परीक्षणको क्रममा केही सफलता पाएका रेम्डेसिभिरजस्ता औषधि परीक्षणको रुपमा नेपालमा प्रयोग गरी उपचारलाई सहजीकरण गर्ने गरी प्रकृयाहरु अघि बढाइएको छ,’ प्रवक्ता डा गौतमले बताए ।

यस्तै केही निजी प्रयोगशालाहरुले मानिसहरुको घरमै गएर पीसीआर परीक्षण गुनासो आएको भन्दै डा गौतमले यस्तो कार्य नगर्न पनि आग्रह गरेका छन् ।

उनले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पूरा गर्न पनि आग्रह गरेका छन् । उनले कोरोनाको कुनै औषधि र खोप नबनेको तर हाल प्रयोग भइरहेको औषधि तथा उपचार विधि सपोर्टिभ उपचार मात्र भएको बताए ।

उनले अत्यावश्यक नपरी घरबाहिन ननिस्कन, मास्कको प्रयोग गर्न र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ०४ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि