रोनाल्डो पीएसजी जाने हल्ला ! « Khabarhub

रोनाल्डो पीएसजी जाने हल्ला !


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो सिजनको फुटबल समापन भइरहँदा खेलाडीहरु एक अर्को क्लब जाने हल्ला सुरु भएको छ ।

सिजनको समाप्तिसँगै  खेलाडीलाई क्लबसँगको सम्झौतामा एक अर्का टिममा आवद्ध हुने गरेका छन् ।

यस्तैमा अहिले विश्व चर्चित फुटबलर पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सरुवाको हल्ला चलेको छ ।

रोनाल्डो इटालीबाट फ्रान्स जाने तयारीमा रहेको हल्ला यतिबेला शुरु भएको छ ।

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएसँगै रोनाल्डो इटाली छाड्ने हल्ला चलेको हो । अहिले उनी पेरिस सेन्ट जर्मन (पीएसजी) मा जाने हल्ला चलेको छ ।

फुट मार्काटोलाई उद्धत गर्दै गोलले लेखेको छ, ‘क्रिष्टियानो रोनाल्डो युभेन्ट्स छाड्नेबारे सोचिरहेका छन् । उनी पीएसजी जानेछन् ।’

च्याम्पियन्स लिग क्लबको प्रदर्शनलाई लिएर चिन्तित बनेका रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस र पीएसजीका खेलकुद निर्देशक लियानार्दोबीच पोर्चुगलमा छलफल भएको समाचारमा बताइएको छ ।

३५ वर्षीय रोनाल्डोले यो सिजनमा ४५ खेलमा ३७ गोल गरेका छन् । रोनाल्डो २०१८ मा स्पेनिस महारथी रियल मड्रिडबाट इटाली पुगेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ५८ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको