बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन « Khabarhub

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आज सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारले यातायातको क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको भन्दै त्यसको पूर्ण रुपमा परिपालना गर्न गराउन भनेको छ ।

यस्तै, उसले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवटालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ ।

बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा कोरोनाको सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ४२ बजे

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली