स्क्वास प्रशिक्षक थापालाई कोरोना पुष्टि « Khabarhub

स्क्वास प्रशिक्षक थापालाई कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलकुद क्षेत्रका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल स्क्वास संघका उपाध्यक्ष मनोजबहादुर श्रेष्ठ र स्क्वासकै प्रशिक्षक हिरा थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सातदोबाटोस्थित स्क्वास एकेडेमीमा बस्दै आएका प्रशिक्षक थापालाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संघका उपाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि प्रशिक्षक थापाले शनिबार स्वाब परीक्षण गराएका थिए ।

आइतबार रिर्पोट पोजेटिभ आएपछि आफू सातदोबाटोस्थित स्क्वासको एकेडेमीको कोठामा आइसोलेसनमै सुरक्षित साथ बसिरहेको खबरहबसँग बताएका छन् ।

‘उपाध्यक्षज्यूलाई कोरोना संक्रमण पुष्टि भएपछि म लगायत ८–९ जनाले परिक्षण गराएका थियौं । त्यसमा मेरो रिर्पोट पोजेटिभ आएको हो,’ प्रशिक्षक थापाले भने ।

नेपालमा कोरोना संक्रमित अधिकांशमा लक्षण देखिइरेहको छ । आइतबार कोरोना पोजेटिभ देखिएका प्रशिक्षक थापालाई पनि लक्षणविना नै आफूलाई संक्रमण पुष्टि भएको बताए ।

‘उपाध्यक्षज्यूलाई ज्वरो आएपछि कोरोना जाँच गराउनु भएको थियो रे ! तर, उहाँलाई संक्रमण देखिएपछि हामीले पनि जाँच गरायौं । जसमा मेरो रिपोर्ट पोजेटिभ आएको छ, मेरो स्वास्थ्यमा कुनै समस्या भने छैन,’ थापाले भने ।

गोरखा स्थायी घर भएका थापाको परिवार सातदोबाटोस्थित एकेडेमीमा बस्दै आएका छन् ।

अब सोमबार मन्त्रालयको टोलीले उनको परिवारका सदस्यको कोरोना जाँच गर्ने जानकारी पाएको थापाले बताए । तर, मन्त्रालयले नगरे आफ्नै पहलमा भएपनि कोरोना जाँच गर्ने तयारीमा थापा रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७