मन्दिरमा जुत्ता हराउनु शुभ संकेत ! « Khabarhub

मन्दिरमा जुत्ता हराउनु शुभ संकेत !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई जुत्ताचप्पलको सम्बन्ध ग्रह दोषसंग पनि हुन्छ भन्ने थाहा छ ? ज्योतिष शास्त्र अनुसार शनिको सम्बन्ध खुट्टासंग हुने भएकाले ग्रह दोषमा जुत्ताचप्पलको सम्बन्ध रहने गर्दछ ।

यतिमात्र होइन, खुट्टामा लगाइएको जुत्ताचप्पल मार्फत राहु र केतुसंग जोडिएका दोष घरमा भित्रिने समेत गर्दछ । यस प्रकारको दोष निवारणकालागी निम्न उपया गर्न सकिन्छ ।

१. कुण्डलीमा शनिको कुनै दोष वा अढैय्या अथवा साढेसाती चलिरहेको छ भने शनिवारका दिन कसैलाई जानकारी नदिई कालो रंगको छालाको जुत्ता वा चप्पल शनि मन्दिरको प्रवेश द्वारमा खोलेर फर्कनु पर्दछ । तर स्मरण रहोस् छाडेर आएको जुत्ताचप्पललाई फर्केर नहेरी घर फर्कनु पर्दछ । यसले जीवनमा सकारात्मक बदलाव ल्याउने मान्यता रहेको छ ।

२. यदि मन्दिरमा जुत्ता वा चप्पल चोरी भयो भने यसमा कुनै दुखः मनाउ नगर्नुहोला । ज्योतिषशास्त्रका अनुसार मन्दिरबाट जुत्ताचप्पल हराउनु जीवनमा शुभ संकेतको प्रतिक हो । अझ शनिवारका दिन चोरी भएमा यो झनै शुभ फलदायी हुने शनि दोषबाट राहत पाउने मान्यता छ ।

३. कुनै पनि महत्वपुर्ण काम, परीक्षा, जागिरको अर्न्तवार्ता, छोराछोरीको विवाहको प्रस्ताव लिएर जाँदा वा लामो यात्रामा जाँदा भुलेर पनि फाटेको जुत्ता चप्पल नलगाउनु होला । महत्वपुर्ण काममा यस्ता जुत्ताचप्पल लगाएर जादाँ कार्यमा बाधा आउने मान्यता छ ।

४. घरको मुख्यद्वारमा भुलेर पनि कहिल्यै जुत्ताचप्पल खोल्नु हुदैन । घरका सदस्य मात्र होइन घर आएका पाहुनालाई समेत यसो गर्नबाट रोक्नु पर्दछ । मुख्यद्वारको एक छेउ वा र्याक राखेर त्यसमा जुत्ताचप्पल राख्ने गर्नु पर्दछ । अन्यथा सौभाग्य र समृद्धिमा असर पर्ने धार्मीक विश्वास छ ।

५. कहिल्यै पनि जुत्ताचप्पललाई ईशान कोण अर्थात उत्तर पूर्वी दिशामा राख्नु हुदैन । जुत्ता चप्पललाई हमेशा व्यवस्थित ढंगले पश्चिम दिशामा मात्र राख्नु पर्दछ ।

६. घर बाहिर लगाइने जुत्ताचप्पललाई घरभित्र लानु हुदैन । बाहिरको बाहिरै र र भित्रका लागी अलग्गै जुत्ताचप्पल लगाउनु पर्दछ । अन्यथा घरमा राहु, केतुले प्रवेश गर्ने धार्मीक विश्वास रहेको छ । स्वास्थ्यका हिसाबले समेत यो हानिकारक हो ।

७. सकेसम्म घरमा पुराना जुत्ताचप्पल राख्नु हुदैन । यसले घरमा नकारात्मक ऊर्जा बढाउने गर्दछ । साथै घरमा बिभिन्न समस्याहरु आउने क्रम जारी रहन्छ ।

८. घरमा जुत्ताचप्पललाई जतापायो त्यतै फ्याक्नु हुदैन । अन्यथा घरमा तनावको स्थिति आउने गर्दछ । साथै जुन घरमा जुत्ताचप्प्ल छरीएको हुन्छ, त्यहाँ शनिको अशुभ प्रभव रहने गर्दछ । परिवारका सदस्यको मन खिन्न हुन्छ ।

९. कार्यालयमा हमेशा खैरो रंगको मात्र जुत्ताचप्पल लगाउनु पर्दछ । विशेष रूपमा बैकिंग वा शिक्षाको क्षेत्रमा काम गर्नेहरुले यसलाई पालना गर्नु लाभदायक हुन्छ । कार्यालयमा काम गर्नेहरुले कफि वा डार्क ब्राउन रंग उत्तम हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ३५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन