कुवेतमा अवैध मदिरा कारखानामा छापा, नेपालीसहित ४ पक्राउ « Khabarhub

कुवेतमा अवैध मदिरा कारखानामा छापा, नेपालीसहित ४ पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ परेका छन् ।

हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताए ।

कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतीय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण विवरण नखुलाएको अरब टाइम्सले जनाएको छ ।

मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ गरिएको जनाएको छ । यसै हप्ता पनि अबैध मदिरासहित दुई नेपालीलाई पक्राउ गरेको थियो । कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक मानिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : ३० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी