छातीमा कोर्दा तिम्रो नाम « Khabarhub

छातीमा कोर्दा तिम्रो नाम



कविता

उत्तर तिर हिमालको पर्खाल
दक्षिणमा फाँट छ।
यो मेरो देश जगतको सुन्दर
हो भन्ने आँट छ ।।
१।।

हामीलाई हाम्रो देशको माया
आमा झैँ लाग्दछ।
सिमामा पुगेर पहरा देऊ भनि
मुटुले भन्दछ।।
२।।

गौरव शाली इतिहास मेरो
छ जन्म भूमिको।
यो देशकालागि जीवन दिने
ती वीर सपुतको ।।
३।।

नजर भरी यो देशलाई हेरी
जगत आई डुल्दछन्।
विश्वमा कीर्ति राख्नलाई शेर्पा
हिमाल चढ्दछन्!
४।।

इतिहास हाम्रो वीरको कथा
पत्थरमा लेख्दछ।
शहीदले रगत पोखेको भूमि
गौरवले भन्दछ ।।
५।।

ईश्वर पनि कैलाश मुनि ॐकार गाउँदछन ।
बासुरी घुन श्यामले राधा लिई बजाउँदछन्
६।।

कर्णाली काली देशमा जलको
भण्डार भरेर ।
नेपाली मिलौ एक जुट बनि
पौरख गरेर ।।
७।।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ११ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा