चिया सेतो पिउने कि कालो ? यस्ता छन् मुटुरोग विशेषज्ञ डा. रेग्मीका केही सुझाव  | Khabarhub Khabarhub

चिया सेतो पिउने कि कालो ? यस्ता छन् मुटुरोग विशेषज्ञ डा. रेग्मीका केही सुझाव 


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो ।

हामीले धेरै थरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध–मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुवेर्दिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसै–कसैले चिनी नहालेको चिया मन पराउँछन् ।

दूध, चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया धेरैको रोजाइमा पर्छ । किनकि यो हामीलाई स्वादिलो लाग्छ । तर स्वास्थ्यका जानकारहरुले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन् ।

यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मान्छेले चियामा दूध–चिनी केही पनि नमिसाई कालो चिया पिउने गर्छन् । कतिले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।

स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्ने बारे धेरैलाई जान्ने उत्सुकता छ । हामीले दिनदिनै २–४ कप चिया पिएकै हुन्छौं । यसबारे कुन राम्रो, कुन नराम्रो भन्ने जानकारी लिनु सबैका लागि उपयोगी हुन्छ ।

हरियो र कालो दुवै चिया एउटै जातको क्यामेलिया नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ अनि त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ ।

हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरु नष्ट हुँदै जान्छन् ।

यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यबद्र्धक मान्नुपर्छ । हरियो चियामा स्वास्थ्यवद्र्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरुको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन ।

चियामा भएको गुणकारी तत्वहरु पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।

चियालाई धेरैबेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरु निष्क्रिय भैदिन्छन् । यसकारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो ।

यो विज्ञानले बोलेको कुरो हो । तर मेरो विचार बेग्लै छ । मलाई लाग्छ, दूध–चिनी हालेर मज्जाले पकाएको १–२ कप मीठो चिया पिउँदैमा स्वास्थ्यलाई खासै केही नकारात्मक असर पर्दैन । झन् उल्टो आनन्द आउँछ, चियाको मिठासमा मान्छे रमाउँछ र यसले स्वास्थ्यमा सकारात्मक असर पार्छ ।

हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्‍यो । फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौं । यी चिजहरु खाए भैहाल्यो नि ∕ चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुपर्‍यो ∕ कोक, फान्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरु पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध, चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ ।

यस्तो चिया दैनिक १–२ कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक २ कपभन्दा बढी चिया पिउँछ उसले विचार पुर्‍याउनुपर्छ– कस्तो चिया पिउने रु कति कप पिउने रु कुन बेला पिउने रु चिनी–दूध हाल्ने कि नहाल्ने रु आदि । यससम्बन्धमा मेरो अवधारणा यस प्रकार छ स्

१. यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको ९४०० भन्दा बढी नै० छ, शरीर मोटो छ भने चियामा चिनी नहालीकन पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो ।

२. पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरुले दूधविनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ ।

तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खालि पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक १ कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । कालो चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ ।

३. तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक ४ कपसम्म पिउनुहोस् । यो भन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्‍याउनुहोला ।

४. तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक २ कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् ।

तर दैनिक २ कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।

यसकारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईंलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस्, तर सावधान ∕ धेरै नपिउनुहोस् ।

(डा.प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ–साधना मासिकबाट)

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ५५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने