लेखक तथा निर्देशक छेतेन गुरुङको निधन « Khabarhub

लेखक तथा निर्देशक छेतेन गुरुङको निधन


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगञ्जमा उनको निधन भएको हो ।

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । छेतनको बिहीबार अन्तेष्टि गरिने छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन । अहिले छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइरहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ५३ बजे

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक

पाकिस्तानी रक्षामन्त्रीको आक्रमक टिप्पणी : इजरायल ‘क्यान्सर’, ‘दुष्ट’ र ‘मानवताको अभिशाप’

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा