‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’ « Khabarhub

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै मुलुकको आर्थिक समृद्धिको मूल आधार भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धितर्फ जुट्नसमेत सबैलाई आव्हान गरे ।

मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूर्वक सम्पन्न भएको निर्वाचनले जननिर्वाचित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको उनले बताए ।

उनले राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यतिकै भूमिका हुने धारणा राखे । राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार भएको भन्दै राष्ट्रपति पौडेलले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताए । 

उनले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गरे  । 

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था चेम्बरले निरन्तर दिएको योगदान प्रशंसनीय रहेको उनले बताए । 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ४७ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी